तपाईँ सुन्दै हुनुहुन्छः

अछामको विनायकमा एक युवक मृत भेटिए,  हत्याको आशङ्का

अछाम । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा एक युवक मृत भेटिएका छन् ।

मध्यपहाडी सडक खण्डको विनायक गैरिटाड बीच सडक खण्ड अन्तर्गत विनायक नजिकै बम बहादुर धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।

वडा नम्बर २ निवासी अन्दाजी २५ वर्षका बम धामीको टाउकोमा चोट पटक लागेकाले मृत्युको कारण अहिले नै भन्न नमिल्ने प्रहरीले जनाएको छ ।

मङ्गलवार राति करिब १० बजे घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

मृतकका आफन्तले हत्या भएको भन्दै आन्दोलन थालेका छन् । दोषीलाई कारबाहीको माग गर्दै आफन्तले घटनास्थलसम्म प्रहरीलाई समेत जान नदिएको बताइएको छ । 

गत जेठ १७ गतेदेखि बेपत्ता विनायक ४ का विनोद शाहीको शव पनि हत्या गरि फालिएको अवस्थामा पाँच दिनपछि भेटिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button