तपाईँ सुन्दै हुनुहुन्छः

बेवारिसे अवस्थामा नवजात शिशु फेला

रुपन्देही ।  रुपन्देहीको शुद्धोधनमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। 

शुद्धोधन गाउँपालिका ४ स्थित फर्साटिकर थारु गाउँ नजिकै खेतमा सोमबार बिहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।

शिशुलाई उद्धार गरी मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। लगत्तै शिशुलाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो । चिकित्सकले शिशुको अवस्था सामान्य र स्वस्थ रहेको बताएपछि पुनः प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको  थियो । 

शिशु कसले जन्माएर फालेको भन्ने बारे खोजी भइरहेको प्रहरी प्रवक्ता अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button