नवौं राष्ट्रिय खेलकुद: ३३ खेलका लागि स्थलको टुङ्गो लाग्यो

कास्की। नवौं राष्ट्रिय खेलकुदका लागि खेलस्थल व्यवस्थापन उपसमितिले ३३ वटा खेलको खेल स्थल टुङ्गो लगाएको छ । सोमबार प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको ‘भेन्यु’ हेर्नका लागि पोखराको सराङकोट पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसमेत रहेका खेलस्थल व्यवस्थापन उपसमिति उपसमिति संयोजक राजेशकुमार गुरुङले बताउनुभयो ।
उहाँले प्रतियोगितामा समावेश विभिन्न ३३ खेलका लागि उपयुक्त खेल मैदानसहित अभ्यास स्थलको टुङ्गो लगाइसकेको जानकारी दिनुभयो । उहाँले भन्नु भयो , ‘हामीले ३३ वटा खेलको खेलस्थल र अभ्यास मैदानको टुङ्गो लगाएका छौँ । यसमा सदस्य सचिव, टेक्निकल टोलीसहित खेल पदाधिकारी बसेर केही दिनमै सार्वजनिक गर्ने तयारी रहेको छ ।
प्याराग्लाङडिङका लागि कास्कीसहित स्याङ्जा, तनहुँ लगायतका जिल्लामा सम्भावित ‘स्पट’को अवलोकन गरिएको छ । उहाँले खेलस्थलको औपचारिक जानकारी भने केही दिनमा पत्रकार सम्मेलनमार्फत दिइने बताउनुभयो ।
प्रतियोगिता सञ्चालनका लागि उक्त स्पटमा विभिन्न पूर्वाधारको आवश्यकता रहेको भन्दै त्यसलाई व्यवस्थित बनाउन नेपाल प्याराग्लाइडिङ तथा प्याराग्लाइडिङ संघ गण्डकीका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य वसन्तराज दवाडी र प्याराग्लाइडिङ प्रशिक्षक योगेश भट्टराईलाई आग्रह समेत गर्नुभयो ।
‘सरकारलाई प्याराग्लाइडिङ खेल हो भन्ने बुझाउन हामीलाई २० वर्ष लाग्यो । ढिलै भए पनि सरकारले बुझ्यो त्यसमा हामी खुसी छौँ,’ उनले भने । प्याराग्लाइडिङ प्रशिक्षक योगेश भट्टराईले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ पोखरामा सञ्चालन गर्न उपयुक्त हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्