तपाईँ सुन्दै हुनुहुन्छः

देशद्रोहको मुद्दामा रुसी पत्रकारलाई २४ वर्षको जेल सजाय माग

मस्को। रूसी अभियोजकहरूले मङ्गलबार पूर्व रिपोर्टर इभान सफ्रोनोभलाई २४ वर्षको जेल सजायको माग गरेका छन् । उनलाई राज्यको गोपनीयता भङ्ग गरेको आरोपमा देशद्रोहको आरोप लगाइएको रूसी समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।

“अभियोजकले इभानलाई कडा शासनको दण्डको महलअन्तर्गत २४ वर्षको सजाय माग गरेका छन्,“ सफ्रोनोभका वकिल दिमित्री काचेभले सुनुवाइ पछि“ सो कुरा सार्वजनिक गरेका हुन् ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button