तपाईँ सुन्दै हुनुहुन्छः

४१ प्रतिशत जनतासम्म बीमाको पहुँच: समिति

काठमाडौँ । बीमा समितिले नेपालमा बीमाको दायरा विस्तार भई ४१ प्रतिशत जनतासम्म बीमाको पहुँच पुगेको जनाएको छ ।

सोमवार काठमाडौँमा आयोजित समसामयिक विषयको पत्रकार सम्मेलनमा समितिले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कुल जीवन बीमालेख ५२ प्रतिशतले, कुल निर्जीवन बीमालेख २ प्रतिशतले र कुल बीमा शुल्क सङ्कलन १६ प्रतिशत भन्दा बढीले वृद्धि भएको जनाएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म कुल ग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान ३.६६ प्रतिशत र कुल बीमा शुल्क आर्जन १ खर्ब ७७ अर्ब पुगेको पनि समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा बीमा समितिका अध्यक्ष सूर्य सिलवालले कुल बीमाको दायरामा रहेको जनसङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको पनि लघु बीमाको हिस्सा न्यून रहेको बताउनुभयो ।

उहाँले काठमाडौँ उपत्यका बाहिर लघु बीमाको कार्यालय रहने गरी सात प्रदेशमा एक–एक वटा लघु बीमा कम्पनी स्थापना गर्न सूचना प्रकाशन गरिसकिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button