आगामी निर्वाचनमा एमालेले कसैसँग गठबन्धन गर्दैन : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आसन्न सङ्घीय तथा प्रदेशसभाको निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताउनुभएको छ
एमाले प्रचार तथा प्रकाशन विभागद्वारा आज काठमाडौँमा आयोजित पत्रकारसँग संवाद कार्यक्रममा महासचिव पोखरेलले एमालेले आसन्न निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने भन्दै स्थानीय आवश्यकताका आधारमा तालमेल भने हुनसक्ने उल्लेख गनुभयो ।
महासचिव पोखरेलले मुलुकको राजनीतिलाई सही बाटोमा हिँडाउन र समृद्धिको लक्ष्य हासिल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी प्रधानमन्त्रीका रुपमा एमालेले अघि सारेको दाबी गर्नुभयो ।
महासचिव पोखरेलले नागरिकता विधेयकमा एमालेको असहमति भनेको सत्तारुढ दलले अघि सारेको विधेयक पारित प्रक्रिया र वैवाहिक अङ्गीकृत नागरिकताको व्यवस्थामा मात्र रहेको बताउनुभयो ।
उहाँले नेपालमा विवाह गरेर आउने महिला र भारतमा बिहे गरेर जाने नेपाली चेलीको हकमा समान व्यवस्था गर्नुपर्ने एमालेको माग पुरा भए सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्