तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन विश्वविद्यालयको समस्या तत्काल समाधान गर्न सभामुखको सरकारलाई रुलिङ

file photo

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा भएको तालाबन्दी र विरोधका कार्यक्रमप्रति सदनको गम्भीर ध्यानाकर्षण भएकोले समस्या तत्काल समाधान गर्न सरकारलाई रुलिङ गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुमा नै प्रतिपक्षी दल नेकपा एमालेका सांसदले त्रिभुवन विश्वविद्यालयमा भइरहेको राजनीतिक हस्तक्षेपलाई तत्काल हटाउन माग गर्दै सभामुख समक्ष रुलिङको माग गर्नुभएको थियो ।

बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुहुँदै नागरिकताविहिन हुँदा नेपाली नागरिकहरू विभिन्न व्यवसाय गर्नबाट वञ्चित भएको, कफी खेतीलाई प्रबद्र्धन गर्नुपर्ने, बञ्चरेडाँडा जाने बाटोलाई कालोपत्रे गर्न बजेट बढाउनुपर्ने लगायतका विषयमा आफ्नो धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button