तपाईँ सुन्दै हुनुहुन्छः

केन्याले नेपाललाई दियो १५७ रनको लक्ष्य 

काठमाडौँ । नेपाल विरुद्धको तेस्रो टी–२० खेलमा केन्याले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । 

केन्याको नैरोबीमा जारी खेलमा टस जिते ब्याटिङ रोजेको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १५६ रन बनायो । 

केन्याका लागि राकेप पटेलले सर्वाधिक ७३ रन बनाए भने इर्फान करिमले ५५ रन जोडे । 

नेपालका लागि बलिङतर्फ सोमपाल कामी र आदिल अन्सारीले एक /एक विकेट लिए ।

यस अघिका  दुई खेलमा नेपाल र केन्याले एक/एक खेल जितेका छन् । सिरिज अन्तर्गत दुई देशबीच ५ वटा टी–२० र तीन वटा दिवसीय खेल हुनेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button