तपाईँ सुन्दै हुनुहुन्छः

कप्तान लामिछाने बीबीएलको ड्राफ्टमा अनसोल्ड

काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा अनसोल्ड भएका छन् ।

file photo

आइतबार भएको ड्राफ्टमा सन्दीप अनसोल्ड भएका हुन् । चार चरणमा भएको ड्राफ्ट मार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आबद्ध हुँदा सन्दीप भने नबिकेका हुन् ।

बीबीएलको ड्राफ्टमा नेपालका कप्तान सन्दीपसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुवास खकुरेल रहेका थिए । पहिलो पटक ड्राफ्टमा परेका सुवास समेत अनसोल्ड भए ।

कप्तान सन्दीपले पछिल्ला चार संस्करणको बीबीएल खेलेका थिए । उनले ४३ बीबीएल खेलमा ४८ विकेट लिएका छन् ।

दुई संस्करण मेलबर्न स्टारमा बिताएका सन्दीप दुई संस्करण होबार्ट हरिकेन्समा आबद्ध रहेका थिए । उनले पछिल्लो संस्करण होबार्टमा बिताएका थिए । बीबीएलको आगामी सिजन डिसेम्बरबाट फेब्रुअरीसम्म आयोजना हुनेछ ।

बीबीएलको इतिहासमा नै खेलाडी ड्राफ्ट पहिलो पटक भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button