तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा परी ३ जना बेपत्ता

काठमाडौँ । पश्चिम रुकुमको आसबीसकोट नगरपालिकाको पिपलचौरमा पहिरो जाँदा ३ जना बेपत्ता भएका छन् ।

पहिरोमा परी भेरी नगरपालिका एक मइदेवीकी ३५ वर्षीय बालमती राना र उहाँका ५ र दुई वर्षका दुई छोरी बेपत्ता भएको नलगाढ नगरपालिका ४ का वडाध्यक्ष बद्री पन्तले जानकारी दिनुभयो ।

अत्यधिक वर्ष भएपछि छोटेतारा सामुदायिक वन उपभोक्ता समूहको भवनमा ओत लाग्ने क्रममा पहिरो गएपछि उनीहरू बेपत्ता भएका छन् । अन्य दुई जनाले भागेर ज्यान जोगाएका छन् ।

पहिरोका कारण स्थानीय मनु जैसीको घर, जङ्गे कामीको आरा उद्योग र मिल, छोटेतारा सामुदायिक वन उपभोक्ता समूहको भवन पूर्ण रुपमा क्षति भएको छ ।

यस्तै अत्यधिक वर्षाका कारण ५ वटा घर जोखिममा परेका छन् ।

भेरी करिडोरको खलङ्गादेखि पल्नु बजारसम्मका विभिन्न स्थानमा पहिरो गएपछि त्यस क्षेत्रको आवागमन अवरुद्ध भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button