तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकता विधेयक विधायन व्यवस्थापन समितिमा 

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले नागरिकता विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

गृहमन्त्री खाणले पेश गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो  ।

यसअघि बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको नागरिकता विधेयक सम्बन्धी सन्देश सभासमक्ष जानकारी गराउनुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक भदौ १६ गते बिहीबार दिउँसो २ बजेर ५९ मिनेटमा  बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button