तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाद्वारा पाकिस्तानलाई कोभिड-१९ खोपको ९० लाख डोज सहयोग

इस्लामाबाद ।संयुक्त राज्य अमेरिकाले शुक्रबार पाकिस्तानलाई कोभिड(१९ खोपको ९० लाख डोजहरू प्रदान गरेको छ। पाकिस्तानलाई अमेरिकी कोभिड(१९ खोपको ७७ मिलियन डोज उपलब्ध गराउने अमेरिकी प्रतिबद्धताको एक भागको रूपमा थप ९ मिलियन बालबालिका र वयस्कहरूका लागि प्रयोग हुने डोजहरू २६ अगस्टमा मा आइपुगेको पाकिस्तानस्थित अमेरिकी दूतावासले उल्लेख गरेको छ ।

अमेरिकाले पाकिस्तानमा ९० लाख कोभिड(१९ खोपको डोज उपलब्ध गराएको अमेरिकी राजदूत डोनाल्ड ब्लोमले पुष्टि गरेका छन् । पाकिस्तानका स्वास्थ्यकर्मीहरूको विशेषज्ञता र समर्पणसँगै हामीले पाकिस्तानलाई उपलब्ध गराएको खोप, आपूर्ति र तालिमले हाम्रा दुई देश बीचको सहयोगलाई निरन्तरता दिनेछ। कोरोना बिरूद्ध लड्न र पाकिस्तानी जनताको स्वास्थ्य र सुरक्षाको रक्षा गर्ने सन्दर्भमा संयुक्त राज्य अमेरिका पाकिस्तानको खोपको सबैभन्दा ठूलो दाता हो।

(रासस-एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button