तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा घुस लिने दिने दुवै जना पक्राउ 

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले घुस लिने दिने दुवै जनालाई पक्राउ गरेको छ । आयोगले शुक्रबार वीरेन्द्रनगरबाट घुस लिने यातायात व्यवस्था कार्यालय सुर्खेतका मेकानिकल इन्जिनियर दिपक बम र सेवाग्राहीका तर्फबाट घुस दिने बिचौलिया निरकबहादुर शाहीलाई रंगेहात पक्राउ गरेको हो । 

मिनिबसको ब्लूबुक नवीकरण, जाँचपास नवीकरण र रुट परमिट नवीकरणको कागजात मिलाई दिने बहानामा सेवाग्राहीबाट घुस बापतको ३ हजार रुपैयाँ नगद सहित दुवै जनालाई नियन्त्रणमा लिएर कारबाहीका लागि आवश्यक अनुसन्धान शुरु गरिएको आयोगको सुर्खेत कार्यालयले जनाएको छ । मिनिबसको कागजात मिलाई दिने नाममा इन्जिनियर बम र बिचौलिया शाहीले सेवाग्राहीसँग घुस मागिरहेको गोप्य सूचना पाएपछि अख्तियारको टोली यातायात परिसरमा पुगेको थियो । 

बिचौलिया शाहीले इन्जिनियर बमलाई यातायात कार्यालय परिसरभित्र घुस बापतको रकम दिइसकेको अवस्थामा फेला पारेपछि अख्तियारले दुवै जनालाई पक्राउ गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button