एमालेको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा जारी बैठकमा आज बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले हिजो प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आज समूहगत छलफल गरेर दशवटै समूहले सुझाव दिने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग उपप्रमुख रिजालले बताउनुभयो ।
समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसङ्गठन तथा प्रवास र केन्द्रीय विभाग छुट्टाइएको छ ।
समूहगत छलफलपछि आएको सुझावको आधारमा आजै अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेर बैठक सकिने एमालेले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्