तपाईँ सुन्दै हुनुहुन्छः

चुनावपछि मुलुक नयाँ दिशामा जान्छ : मन्त्री चौधरी

रुपन्देही। सहरी विकासमन्त्री मेटमणि चौधरीले मङ्सिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताउनुभएको छ ।

बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री चौधरीले संंविधानविरोधी तत्त्वहरूबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका उहाँले मुलुक समृद्धिको बाटोमा अघि बढिरहेका बेला फेरि गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button