योगमाया आयुर्वेद विश्व विद्यालयको लागि दुई सय रोपनी जग्गा प्राप्त

भोजपुर ।योगमाया आयुर्वेद विश्व विद्यालयको लागि दुई सय रोपनी जग्गा प्राप्त भएको छ । भोजपुरको षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र संखुवासभाको खाँदबारी नगरपालिका क्षेत्रमा बन्न लागेको योगमाया आयुर्वेद विश्व विद्यालयका लागि पहिलो चरणमा दुई सय रोपनी नौ आना तीन पैसा दुई दाम जग्गा प्राप्त भएको हो ।
षडानन्द नगरपालिका–६ को बट्टार क्षेत्रमा रहेको उक्त जग्गा विश्व विद्यालयको नाममा पास भई दाखिला भएको षडानन्द नगरपालिकाले जनाएको छ । जग्गा छनौट तथा मुअब्जा सम्बन्धि समिति र मालपोत कार्यालयको दररेट अनुसार जग्गा दाताले प्रति रोपनी रु. ५० हजारको दरले मुअब्जा पाउने जनाईएको छ ।
प्राप्त जग्गा मध्ये करिब १४ रोपनी भने निःशुल्क प्राप्त भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । योगमाया आयुर्वेद विश्व विद्यालय निर्माणको लागि षडानन्द नगरपालिकाले पाँच सय रोपनी जग्गा उपलब्ध गराउनु पर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्