राष्ट्रपतिसमक्ष दुई देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत र स्लोभाक गणतन्त्रका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको छ ।
राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा साउदी अरेबियाका आवासीय राजदूत शाद नासेर अब्दुल्लाह अबु हमाद र स्लोभाक गणतन्त्रका गैरआवासीय राजदूत रोवर्ट मेक्सिनले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उक्त अवसरमा परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया राख्नुहोस्