गणपुरक उपस्थिति नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठक स्थगित भएको छ ।
आज दिउसो १ बजेका लागि निर्धारण गरिएको समिति बैठक समिति सदस्यहरूको गणपुरक उपस्थिति नभएपछि स्थगित गरिएको हो ।
बैठकमा २३ जना सांसद सदस्यमध्ये ९ जना सदस्यमात्र उपस्थित हुनुभएको थियो । आजको बैठकमा भारतीय सेनामा गोर्खा सैनिकको भर्ती सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको थियो ।
बैठकमा छलफलका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्का र परराष्ट्र सचिव भरतराज पौड्याललाई आमन्त्रण गरिएको थियो ।
बैठकमा सदस्यहरूको गणपुरक सङ्ख्या नै बैठकका लागि आउनुभएका परराष्ट्र सचिव भरतराज पौड्याल केही समय पर्खिएर फर्कनुभएको थियो ।
अर्को बैठक भदौ १३ गतेका लागि तोकिएको समिति सचिव सुरज कुमार दुराले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्