तपाईँ सुन्दै हुनुहुन्छः

यु–२० एसियन कप छनोटका लागि प्रारम्भिक टोली घोषणा

काठमाडौँ । मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यु–२० एसियन कप छनोटका लागि २५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् ।

प्रशिक्षक केसीले टोलीको घोषणा गरेका हुन् । प्रतियोगिताका लागि टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ ।

सेप्टेम्बर १० देखि १८ सम्म हुने छनोटमा कतार, बहराइन, बङ्गलादेश र भुटानसँगै राष्ट्रिय यु–२० टोली छनोट भएको छ । नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button