झापामा एथलेटिक्स, भलिबल, हक्की र भारोत्तोलनका खेलाडी छनोट
झापा । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेश स्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट विभिन्न खेलहरूका खेलाडी छनोट भएका छन् ।

आयोजक जिल्ला खेलकुद विकास समितिका अनुसार बुधवारसम्ममा एथलेटिक्स, भलिबल, हक्की र भारोत्तोलनका खेलाडी छनोट भइसकेका छन् । खो–खो र कबड्डीका खेलाडी पनि लगभग छनोट भइसकेको बताइएको छ ।
मेची रङ्गशालामा कराँते र तेक्वान्दोका खेलहरू जारी रहेको र बिहीबारसम्ममा नतिजा आउने कराँते प्रशिक्षक कालु मेचेले जानकारी दिनुभयो ।
यसैगरी, फुटबल, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, बुद्धिचाल लगायतका खेलहरू जिल्लाका विभिन्न स्थानमा जारी रहेको समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्