विद्युतीय रेलमार्गमा आवश्यक संरचनाहरू निर्माणको कार्य तत्काल सुरु गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विद्युतीय रेल सञ्चालनलाई प्राथमिकता दिने गरी रेलमार्गमा आवश्यक विद्युतीय संरचनाहरू निर्माणको कार्य तत्काल सुरु गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकले त्यसैगरी समितिले नेपालको सबैभन्दा पुरानो पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गरिँदा विभिन्न सडक खण्डमा पर्ने वन, वातावरण तथा वन्यजन्तु संरक्षणलाई ध्यान दिन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा सांसदहरुले नेपालको गौरवको आयोजनाका रुपमा रहेका रेल, मेट्रो रेल मोनोरेल विकास आयोजनालाई सार्थकता दिन र राष्ट्रिय गौरवका आयोजना निर्माण कार्यमा ढिलासुस्ती हुन नहुनेमा जोड दिनुभयो ।
उहाँहरूले विद्युतीय रेल सञ्चालन गर्न पूर्वाधार तयारीको काम अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
पूर्वपश्चिम राजमार्ग खण्डका विभिन्न स्थानमा सडक स्तरोन्नति गर्दा ढिलाइ भएकोप्रति सांसदहरुले बैठकमा प्रश्न उठाउनुभयो ।
बैठकमा नेपाल रेल्वे कमपनीका महाप्रबन्धक निरञ्जन झाले रेलमार्ग निर्माण कार्यमा भइरहेको कार्य प्रगति गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्