फरार प्रतिवादी १८ वर्षपछि पक्राउ
सुनसरी । सामूहिक बलात्कार गरी फरार रहेका प्रतिवादीलाई १८ वर्षपछि सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

मिति २०६१/८/२३ गते राती जिल्ला प्रहरी सुनसरी इनरुवा नगरपालिका २ स्थित घरमा १४ वर्षीया बालिकालाई ४/५ जनाको समूहमा आएका सुरज बि.क. सहितका मानिसहरूले सुतिरहेको अवस्थामा बुवा–आमालाई हातखुट्टा तथा मुखमा पट्टी बाँधी बालिकालाई जबरजस्ती सामूहिक बलात्कार गरी अचेत अवस्थामा छाडी फरार भएकोमा सर्वोच्च अदालतबाट प्रतिवादी सुरज विश्वकर्माले ९ वर्ष ५ महिना १९ दिन कैद भुक्तान गर्नुपर्ने बाँकी रहेको हुँदा निज सुरज विश्वकर्मा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले मिति २०७९।०५।०५ गते बराहक्षेत्र ५ भरौलबाट पक्राउ गरेको हो ।
निज प्रतिवादीलाई कैद भुक्तानको लागी झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्