बचतकर्ताको करोडौँ रकम लिएर सहकारीका सञ्चालक फरार
वीरगञ्ज । वीरगञ्जको छपकैया स्थित मानव समाज बचत ऋण सहकारी संस्थाका अध्यक्ष सहित पदाधिकारीहरू बचतकर्ताको करोडौँ रुपैयाँ लिएर फरार भएका छन् ।
वीरगञ्ज महानगरपालिका १ छपकैया स्थित मानव समाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मुन्ना पटेलले बचतकर्ताको करोडौँ रकम लिएर फरार भएको बचतकर्ताले बताएका छन् ।
वीरगञ्ज महानगरपालिका १ सिसोबारी छपकैया निवासी मुन्ना पटेलसहित संस्थाका पदाधिकारीहरू १ करोड भन्दा बढी रकम लिएर फरार भएको बचतकर्ताको आरोप छ । स्थानीयका अनुसार संस्थाका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारीहरू सम्पर्कविहीन भएका छन् ।
स्थानीय बचतकर्ताका अनुसार संस्थाका अध्यक्ष पटेल लगायत अन्य पदाधिकारीहरू एक सातादेखि सम्पर्कमा आएका छैनन् । स्थानीय एक बचतकर्ताले संस्थामा जम्मा गरेको रकम निकाल्न जाँदा एक सातादेखि सहकारी संस्थाको कार्यालयमा ताला लागेको जानकारी पाएपछि उनीहरूको खोजी गर्दा कहीँ फेला नपरेको बताएका छन् ।
बचतकर्ताहरूले अध्यक्ष पटेलको घर घेराउ गर्न जाँदा उनका बुबा रघुनाथ राउत कुर्मीले आफूसँग मुन्ना सम्पर्कमा नरहेको जानकारी दिएपछि उनी फरार भएको पुष्टि भएको हो ।








प्रतिक्रिया राख्नुहोस्