सर्लाहीमा बालबालिकालाई फाइजर खोप लगाइँदै
सर्लाही । सर्लाहीमा पाँच वर्षदेखि १२ वर्षसम्मका एक लाख ४० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप आज देखि लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख डाक्टर नवलकिशोर झाले सर्लाहीमा पहिलो पटक पाँचदेखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको बताउनुभयो ।
कार्यालय प्रमुख डा. झाका अनुसार लक्षित उमेर समूहका दुई सय जना विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र कायम गरिएको छ । दुई सय बालबालिका नरहेका विद्यालयको हकमा भने सो विद्यालयका बालबालिकालाई नजिकै अर्को विद्यालयमा राखिएको खोप केन्द्रमा लगेर खोप लगाइने छ । बालबालिकालाई फाइजर खोप लगाउन जिल्लाका २० पालिकामा ८०० स्वास्थ्यकर्मी र ५०० शिक्षक परिचालन गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर रामदुलार यादवले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्