तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज–कोहलपुर सडकखण्डमा शङ्कास्पद बस्तु फेला

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा शङ्कास्पद बस्तु फेला परेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपिरी चोक नजिकै बम जस्तो देखिने शङ्कास्पद रातो वस्तु फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्लास्टिकले बेरेको करिब एक हात बराबरको रातो स्टिल बम जस्तो देखिने शङ्कास्पद वस्तु भेटिएको हो । उक्त शङ्कास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोलीलाई खबर गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बन्दकर्ताले उक्त शङ्कास्पद बस्तु राखेको अनुमान गरिएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर आज नेपाल बन्दको आह्वान गरेका छन् । तीन बुँदे राजनीतिक सहमति विपरीत पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको तथा एमसीसी, भ्रष्टाचार र महँगीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button