तपाईँ सुन्दै हुनुहुन्छः

सत्य निरुपण तथा मेलमिलाप आयोग संशोधन विधेयक प्रतिनिधि सभामा पेश 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेश गरिएको छ ।

बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” पेश गर्नुभएको हो। 

यस्तै बैठकले उक्त विधेयक माथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको छ । 

प्रतिनिधिसभाको अर्को बैठक भदौ १३ गते सोमवार बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button