तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा छ वटा गाडीमा तोडफोड, पाँच पक्राउ, चार मोटरसाइकल नियन्त्रणमा

चितवन । विप्लव नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनमा पनि सामान्य परेको छ । बन्दको अवज्ञा गरेको भन्दै भरतपुरका विभिन्न स्थानमा छ वटा गाडीमा तोडफोड गरिएको छ । तोडफोड गरेको आरोपमा प्रहरीले पाँच जना बन्दाकर्तालाई पक्राउ गरेको छ भने चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

बन्दकर्ताले प्रदेश ३–००१ क ०३१२ नम्बरको कार, ना ८ ख ४२५९ नम्बरको बस, ना ५ ख २२६३ नम्बरको ट्रक, ना ५ ख १४३१ नम्बरको बस, ना ४ ख ८३२५ नम्बरको ट्रक, प्रदेश२–०३–००१ ख ००९८ नम्बरको बसमा ढुङ्गाले हानेर सिसामा क्षति पु¥याएका छन् ।

पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–२३ बस्ने बर्ष ३५ को अमित घिसिङ, बा ८० प ९०२४ नम्बरको मोटरसाइकल चालक बारा घर भई हाल भरतपुर–९ बस्ने बर्ष २१ को राजन बाबु सिंह, ना ३१ क ६८१० नम्बरको मोटरसाइकल चालक भरतपुर–७ बस्ने बर्ष ३२ को सुरज शर्मा र पछाडि सवार बर्ष २४ को सुदिप पौडेल रहेका छन् ।

त्यस्तै, भरतपुर–२ क्षेत्रपुर बस्ने बर्ष ३९ को गणेश श्रेष्ठ र बागमती प्रदेश०३–००१ प ६८०५ र ना ५६ प ८५५४ नम्बरको मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button