तपाईँ सुन्दै हुनुहुन्छः

६० वर्षीया महिलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

जनकपुरधाम । जनकपुरधाममा पहिलो पटक ६० वर्षीया महिलाको ‘ब्रेन ट्युमर’को सफल शल्यक्रिया भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका नंं ४ विद्यापति चोकमा तीन महिनाअघि मात्र स्थापना भएको जनकपुर न्युरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडले ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेको हो ।

६ वर्षदेखि ब्रेन ट्युमरबाट पीडित जनकपुरधाम १० देवीचोककी ६० वर्षीया देबसुनर देवीको अस्पतालका न्युरो सर्जन डा. विजय कुमार राउत नेतृत्वको टिमले गरेको शल्यक्रिया सफल भएको हो ।

काठमाडौैं लगायतका स्थानमा शल्यक्रिया गर्दा लाग्ने खर्च भन्दा आधामा शल्यक्रिया गरिएको डा. राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button