नवनियुक्त दुई राजदूतहरूद्वारा शपथ ग्रहण
काठमाडौँ । गणतन्त्र ब्राजिलका लागि नवनियुक्त राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूत प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी) ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहबिच उहाँहरूले शपथ ग्रहण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा विज्ञप्तिमा जनाइएको छ । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो ।









प्रतिक्रिया राख्नुहोस्