‘रेडियो नेपालको विश्वसनीयताप्रति नेपाली जनताको आस्था अहिले पनि कायम नै रहेको छ’

बर्दिबास । मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले रेडियो नेपालको विश्वसनीयताप्रति नेपाली जनताको आस्था अहिले पनि कायम नै रहेको बताउनुभएको छ ।
रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र बर्दिबासको आज अवलोकन गर्दै मन्त्री साहले विगतका दिनहरूमा रेडियो नेपालले कायम राखेको विश्वसनीयता आगामी दिनमा पनि कायम राख्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
रेडियो नेपाललाई प्रविधिको क्षेत्रमा समेत विस्तार गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले यसमा मधेस प्रदेश सरकारको सदैव साथ र सहयोग रहने विश्वास दिलाउनुभयो ।
सो अवसरमा रेडियो नेपाल बर्दिबासका कार्यालय प्रमुख रामपुकार रामले मन्त्री साहलाई प्रादेशिक प्रसारण केन्द्र बर्दिबासले विभिन्न भाषामा प्रसारण गर्दै आएको समाचार, तथा कार्यक्रमहरूका साथै प्राविधिक पक्षका बारेमा जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्