तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर १६ वर्षीया बालिकाको मृत्यु

सप्तरी । सप्तरीको खडकमा करेन्ट लागेर एक १६ वर्षीया बालिकाको मृत्यु भएको छ । 

खडक नगरपालिका वडा नम्बर ११ स्थित लालपुरमा पानी तान्ने मोटरमा नुहाउने क्रममा शनिबार करेन्ट लागेर स्थानीय लखन रामको १६ वर्षीया छोरी कमलाकुमारी रामको मृत्यु भएको हो ।

मृतक रामको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षणका पश्चात् परिवारको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button