तपाईँ सुन्दै हुनुहुन्छः

अछामका ४० हजार बढी बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै

अछाम । अछामका ४० हजार बढी बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आज आइतबारबाट ५ वर्षदेखि ११ वर्षभित्रका ४० हजार बढी बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिएको हो ।

नियमित खोपका कार्यक्रमहरू प्रभावित नहुने गरि बालबालिकालाई कोभिड–१९ रोग विरुद्धको खोप अभियान सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताउनुभयो ।

सरकारले कोभिड–१९ विरुद्ध खोप अन्तर्गत फाइजर–बायोएनटेक अभियान अन्तर्गत पहिलो मात्रा भाद्र ५ देखि ११ सम्म र दोस्रो मात्रा भाद्र २७ देखि आश्विन १ गतेसम्म सञ्चालन गर्ने र सोही अनुसार अछाममा पनि अभियान शुरु भएको स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत ढुङ्गानाले बताउनु भयो । जिल्लाका ५३४ खोप केन्द्रमा विद्यालय बाहिर रहेका ५२१ र विद्यालयमा अध्ययनरत ३९ हजार ९ सय गरि ४० हजार ४ सय २१ बालबालिकालाई खोप दिइने ढुङ्गानाले बताउनु भयो ।

अछामका ९ पालिकामा भाद्र ५ गतेबाट र बाँकी रहेको कमलबजार नगरपालिकामा भाद्र ९ गते बाट खोप अभियान सञ्चालन हुने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button