समाजवादी रुपान्तरणका लागी कम्युनिष्ट एकता हुनुपर्छ : पूर्व प्रधानमन्त्री झलनाथ खनाल

भैरहवा। पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टी एकता आवश्यकता भएको बताउनु भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता खनालले कम्युनिष्ट आन्दोलनमा अवसरवाद देखिएको बताउँदै सही कार्यदिशाका आधारमा कम्युनिष्ट आन्दोलन एकता बद्ध भएर शक्तिशाली एकीकृत पार्टी निर्माण हुने बताउनु भएको थियो ।
सही वैचारिक राजनीतिक कार्यदिशाकाआधारमा कम्युनिष्ट आन्दोलनलाई मुख्य नेताले नसकेकाले समाजवादी रुपान्तरणका लागी शक्तिशाली कम्युनिस्ट एकीकृत पार्टीको आवश्यकता भएको छ, खनालले भन्नुभयो ।
चुनावमा ५ दलीय गठबन्धन दृढताका साथमा अगाडि बढ्ने खनालले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्