सर्पदंशबाट झापामा एकजनाको मृत्यु
भद्रपुर, झापा । झापाको कचनकवलमा सर्पले डस्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका–५ खुमरुभिट्टा निवासी ६५ वर्षीय नेहरुलाल टुडु रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनु भयो
प्रहरी अनुसार शनिबार बिहान ५ बजे आफ्नै घरको ग्वालीमा पराल निकाल्न जाँदा टुडुलाई किङ कोब्रा सर्पले बायाँ खुट्टामा डसेको थियो । सर्पले डसेपछि उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र बनियानी लगिएको थियो । समयमै उपचार केन्द्र पुर्याउन नसक्दा उनको शरीरभरि विष फैलिसकेकाले भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्था आयो ।
तर, केन्द्रमा भेन्टिलेटर सेवा नहुँदा उनलाई थप उपचारका लागि भद्रपुर पठाइएको थियो । उनलाई उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल भद्रपुर पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्