तपाईँ सुन्दै हुनुहुन्छः

कोसी पीडितलाई मन्त्री कार्कीद्वारा सहयोग

इनरुवा । नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको हातबाट आज सुनसरी बराहक्षेत्र नगरपालिकाका कोसी पीडितलाई राहत वितरण गरिएको छ । 

केही दिन अगाडि सप्तकोसी नदीले उदयपुरको बेलका नगरपालिकास्थित डुम्री बोटमा धार परिवर्तन गरेर बस्तीमा प्रवेश गर्दा पीडित भएका बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ श्रीलङ्का टापुका एक सय ६५ पीडित परिवारलाई मन्त्री कार्कीको हातबाट राहत वितरण गरिएको हो । 

उनीहरुलाई नेपाल रेडक्रस सोसाइटी, चौधरी ग्रुप र करुणा फाउण्डेशनको सहयोग तथा मन्त्री कार्कीको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी प्रकाशपुरका रविन घिमिरेले जानकारी दिनुभयो । 

पीडित परिवारलाई २५ किलो चामल, एक÷एक किलो दाल, नुन, खाने तेल, मसाला, साबुनलगायत सामग्री वितरण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button