मदन पुरस्कारको छनौटमा परेको ‘यादको सन्दुक’ विमर्श

पाँचथर । पाँचथरको फिदिममा मदन पुरस्कारको लागि छनौट भएको कविता सङ्ग्रह ‘यादको सन्दुक’ को विमर्श गरिएको छ ।
दिपा मेवाहाङ राईको कविता सङ्ग्रह मदन पुरस्कारको आठौँ स्थानमा छनौटमा परेको छ ।
पाँचथर गजल मञ्चको आयोजनामा सम्पन्न विमर्श कार्यक्रममा देवेन्द्र सक्तेन, मधुराज केरुङ, राधा स्मृति र सुनिल आङ्बोले समीक्षा गर्नुभएको थियो ।
कविता सङ्ग्रहमा ४८ वटा कविताहरू रहेका छन् ।
कविता प्रेमिल, गहकिलो, नारीवादी रहेको समीक्षकहरूले बताएका छन् ।
विमर्श कार्यक्रम पाँचथर गजल मञ्चका अध्यक्ष सन्देश सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्