बाँकेमा भूकम्पको धक्का
काठमाडौँ । बाँकेमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभीरको मध्यभागमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो।
भूकम्प पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।
पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ ।
प्रतिक्रिया राख्नुहोस्