पेरिसडाँडामा माओवादी बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले बसिरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
बैठकले पार्टी पदाधिकारीहरूको चयन गर्ने नेताहरूले बताउनुभएको छ ।
पार्टीको महासचिवका लागि धेरै नेता आकाङ्क्षी देखिएका कारण पटक पटक पदाधिकारी चयन गर्ने भनिए पनि हुन सकेको थिएन । सम्भवतः आजको बैठकले पदाधिकारीको चयन गर्ने छ ।








प्रतिक्रिया राख्नुहोस्