तपाईँ सुन्दै हुनुहुन्छः

युरोपमा शक्तिशाली आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु

काठमाडौं । युरोपको मध्य र दक्षिण क्षेत्रहरूमा आएको शक्तिशाली आँधीका कारण हाल सम्म १३ जनाको मृत्यु भएको छ । 

आँधीका कारण रुखहरू ढलेका जसका कारण इटाली, अस्ट्रिया र फ्रान्समा कम्तीमा १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । 

आँधी सँगै आएको अधिक वर्षाका कारण मध्य र दक्षिणी युरोपको जनजीवन प्रभावित भएको छ । 

विगत केही साता देखी भीषण गर्मी र तातो हावा झेलिरहेका युरोपेली जनतालाई हालको आँधीबेहरीले थप समस्यामा पारेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button