तपाईँ सुन्दै हुनुहुन्छः

बारामा जडान गरिएको सिसिटिभी क्यामरा वर्षौंदेखि बन्द

बारा । बारामा जडान गरिएको सिसिटिभी क्यामरा वर्षौंदेखि बन्द अवस्थामा रहेका छन् ।

मुख्य राजमार्ग क्षेत्र र राजमार्गको भित्री क्षेत्रमा हुने गतिविधि तथा दुर्घटना निगरानी गर्न प्रहरीलाई मद्दत पुगोस् भनेर राजमार्ग आसपासमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बन्द भएका हुन । 

जितपुरसिमरा आसपासको क्षेत्रमा जडान गरिएका दुई दर्जन क्यामरा मध्ये अहिले जम्मा ६ वटा क्यामेरा मात्र सञ्चालनमा रहेका छन् । 

बाँकी सबै क्यामरा बन्द अवस्थामा रहेको सिसिटिभी क्यामरा जडान तथा मर्मत समितिले जनाएको छ ।

समितिका सचिव समेत रहनुभएका जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले विभिन्न कारणले वर्षौंदेखि सिसी क्यामरा बन्द अवस्थामा रहेको बताउनुभयो । 

त्यसैगरी निजगढस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत जडान गरिएका सिसिटिभी क्यामरा बिग्रिएर बन्द भएका छन् ।

राजमार्गमा हुने आपराधिक गतिविधि तथा दुर्घटनाको निगरानी गर्न प्रहरीलाई मद्दत पुगोस् भनेर निजगढ क्षेत्रमा जडान गरिएका १६ वटा क्यामराले तीन सातादेखि काम गर्न छोडेका हुन ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सञ्जीव ओलीले वर्षा लागेसँगै राजमार्गका अधिकांश सिसीटिभी क्यामराहरू बन्द भएपछि मर्मत कार्य सुरु गरिएको जानकारी दिनुभयो । 

प्रहरीले सिसिटिभी क्यामराको मद्दतबाट राजमार्गमा हुने गतिविधि कार्यालयको कन्ट्रोल रूममा राखिएको मोनिटरबाट निगरानी गर्ने गरेको छ । 

क्यामरा बिग्रँदा अहिले राजमार्ग र आसपासका क्षेत्रमा सुरक्षा चुनौती बढेको र अपराध नियन्त्रण गर्न पनि समस्या भएको प्रहरी निरीक्षक ओलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button