जस्मिन पेन्ट्सको ग्राहक लक्षित योजना सार्वजनिक

चितवन । झण्डै तीन दशकअघिदेखि सेवा दिदैं आएको मनकामना ग्रुप अफ कम्पनीको जस्मिन पेन्टसले यसबर्ष ‘वर्षैभरि हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति कति’ भन्ने स्लोगनका साथ कम्पनीको नयाँ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको भदौ १ गतेदेखि २०८० साल श्रावण मसान्तसम्म ग्राहक लक्षित योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार जस्मिन पेन्टसका उत्पादनहरू खरिद गर्ने ग्राहकलाई लक्की ड्र मार्फत प्रत्येक महिना ११२ जनालाई विभिन्न उपहार वितरण गर्नेछ ।
जसअनुसार हरेक महिना १ जनाले एक लाख, एक जनाले स्मार्ट मोबाइल फोन, १० जनाले इलेक्ट्रिक राईस कुकुर र १०० जनाले आकर्षक भित्ते घडी पाउनेछन् । यो योजना अन्तर्गत कम्पनीले ७५ हजार देखि १ लाख सम्मका उत्पादन खरिदमा एकवटा कुपन १ लाख देखि डेढ लाख सम्मको सम्मको खरिदमा दुईवटा कुपन, र डेढ लाख भन्दा माथिको खरिदमा ग्राहकले ३ वटा कुपन पाउनेछन् । सोही कुपनलाई लक्की ड्रमा समावेश गरी प्रत्येक महिना ११२ जनालाई पुरस्कृत गरिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अध्यक्ष लक्ष्मण अर्यालले चाडबाड र सिजनलाई लक्षित गर्दै कम्पनीले उपहार योजना सार्वजनिक गरेको बताउनु भयो । ‘हामीले विगतका वर्षहरूमा पनि यस्ता योजना, उपहार योजना सार्वजनिक गर्दै आएका थियौँ, अर्यालले भन्नुभयो , यो वर्षपनि फरक स्लोगन र थप उपहार योजना सहित अघि बढेका हौँ ।’ स्वदेशी कम्पनीको उत्पादन प्रवर्द्धन गर्न र ग्राहकलाई गुणस्तरीय उत्पादनको पहुँच पुर्याउन पनि कम्पनीले ग्राहक लक्षित योजना ल्याएको उहाँको भनाई छ ।
यस्ता उपहार योजनाले ग्राहकलाई अतिरिक्त लाभ हुनुका साथै गुणस्तरीय उत्पादन प्रति विश्वास र ग्राहकप्रति आत्मीयता बढ्ने अपेक्षा कम्पनीको छ । नेपाली रङ्ग कम्पनी मध्ये जस्मिन पेन्टस अग्रणी कम्पनीको रुपमा परिचित हुँदै आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित यो कम्पनीले पेन्ट्स उत्पादनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड समेत पाउन सफल भएको छ । यसका देशैभर डिर्लस र सेवा केन्द्र रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्