तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा १९ करोडका रणनीतिक सडक निर्माण हुँदै

अछाम । अछामका ठूला रणनीतिक सडक निर्माणमा करिब १९ करोड बजेट आएको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट १८ करोड ७९ लाख १० हजार रुपैयाँ प्राप्त भएको छ ।  

निर्वाचन क्षेत्र रणनीतिक सडक, राजमार्ग स्तरोन्नति र वैकल्पिक सहायक मार्गको लागि १७ करोड रुपैयाँ र सडक पूर्वाधार विकास कार्यक्रममा १ करोड ७९ लाख १० हजार रुपैयाँ गरी सडक निर्माणको क्षेत्रमा १८ करोड ७९ लाख ८१ हजार रुपैयाँ प्राप्त भएको छ । 

एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत अछामको २ वटा निर्वाचन क्षेत्रमा ५र५ करोडका दरले १० करोड रुपैयाँ विनियोजन भएको अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञ बहादुर बोगटीले बताउनु भयो ।

निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत चौरपाटी गाउँपालिका वडा नम्बर ४ स्थित चित्रे पायल चौखुट्टे हुँदै वडा नं. २ सोकट हुँदै डोटीको नारिदाङ सम्म सडक निमार्णको लागि ५ करोड र निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत मंगलसैन सुवाखाँद खेतगैरा जिलाइमारे–कारी सडक निर्माणमा ५ करोड गरी १० करोड रुपैयाँ संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्राप्त भएको छ ।

सो सडकको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० निर्माण गरी बहु–वर्षीय रुपमा बजेट विनियोजन गरी सडक निर्माण हुनेछ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ निर्वाचन क्षेत्र सडक अन्तर्गत १२/१२ करोडका दरले २४ करोड बजेट विनियोजित गरिएको थियो । चालु आर्थिक वर्षमा भनेर घटेर बजेट आएको छ ।

यस्तै राजमार्ग स्तरोन्नति पुनर्स्थापना कार्यक्रममा २ करोड रुपैयाँ विनियोजित भएको छ । रणनीतिक सडकमा मध्यपहाडीको राजमार्ग वयलपाटा, साँफेबगर मंगलसैनसम्मको सडकको स्तरउन्नतीको लागि २ करोड बजेट प्राप्त भएको छ । यस्तै क्षेत्र नं.१ र २ मा वैकल्पिक सहायक सडकमार्ग  अन्तर्गत ७ वटा योजनाको लागि ५ करोड रुपैयाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट विनियोजित भएको छ । 

जस अन्तर्गत गैरीटाँड कमलबजार तृर्माखाँद जंगलघाट बाबियाचौर चिसापानी सडकमा १ करोड, बेलखेत देखि तालागाड हुँदै भानाकोट मोटरबाटो निमार्णको लागि १ करोड,  मेल्लेख गाउँपालिकाको हात्तिकोट–कुस्कोट– तोलिपाटा सडकमा १ करोड, जिमराडी बयालपाटा सडक ५० लाख, मेल्लेखको चौखुट्टे देखि नगाने सडक निर्माण ५० लाख, गैरीटाँड ककाल्ना नारी हुँदै विनायक सडकको लागि ५० लाख, र बान्नीगढी जयगढ गाउँपालिकाको जनालिकोट तिमिल्सैनसम्म ८ किलोमिटर रिङरोड ग्राभेलको लागि सडकको लागि ५० लाख गरी ५ करोड विनियोजित भएको छ ।

यस्तै सडक पूर्वाधार कार्यक्रम अन्तर्गत ८ वटा सडकको निर्माणको लागि १ करोड ९८ लाख ८१ हजार बजेट प्राप्त भएको छ । जस अन्तर्गत नारीदाङ चौरपाटी पायल चित्रे मंगलसैन सडकमा १६ लाख, साँफेबगर–नन्देगडा– मेल्लेख –षोडशा हुँदै ऋषिदह जोड्ने सडकमा १६ लाख ५० हजार, रहफ भैरवस्थान बेलखेत  कालिकोट हिल्सा हुँदै चिन नाका सडकमा ६२ लाख र साँफेबगर नगरपालिका वडा नं।१३ वाव्लामा बुढाबगरदेखि बाब्ला सडक स्तरउन्नतीमा लागि ६ लाख ९० हजार रुपैयाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट विनियोजित भएको छ । 

यस्तै हुत्ति घोडेटो विनायक पिपलचौरी सडकमा लागि २० लाख ५४ हजार,  हिमालय मावि देखि विमकोट दरबार जोड्ने सडकमा २१ लख ५४ हजार, साँफेबगर नगरपालिका वडा नं।१३ वाव्लामा बुढाबगर बाब्ला सडक खण्डमा २१ लाख ५४ हजार र धमाली तल्ला टोट्केसाल सडकमा १४ लाख ६० हजार गरी सडक पूर्वाधार कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट १ करोड ९८ लाख ८१ हजार बजेट विनियोजन भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button