तपाईँ सुन्दै हुनुहुन्छः

सडकमा पार्किङ गरिएका स्कुल बस सात दिनभित्र हटाउन निर्देशन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले ट्राफिक  व्यवस्थापन  गर्ने क्रममा विभिन्न विद्यालयले सडकमा नै पार्किङ गर्दै आएको स्कुल बसहरूलाई ७ दिनभित्र हटाउनका लागि सूचना जारी गरेको छ । 

विद्यालयका बसहरू  विद्यालयको आफ्नै पार्किङ स्थल बनाएर व्यवस्थापनका लागि सूचना जारी गरेको छ । शिक्षा शाखाका प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवले सार्वजनिक सडकमा पार्किङ गर्ने सबै विद्यालयहरूलाई आफ्नो पार्किङ स्थलमा पार्किङ गर्नका लागि विद्यालयहरूलाई पत्राचार समेत गर्नु भएको छ । 

जनकपुरधामको केही नीजि ठूला विद्यालयहरूले सडकमा नै बस पार्किङ गर्ने  गरेको गुनासो आएपछि नगरप्रमुख मनोज कुमार साहको निर्देशनमा सबै विद्यालयहरूलाई पत्र काट्ने काम भएको छ । 

सात दिनभित्र विद्यालयहरूले सडक व्यवस्थापन नगरेको खण्डमा नियमानुसार कारबाही हुने पनि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले जानकारी दिएको छ । 

सडकमा नै विद्यालयको ठूला बसहरू पार्क गरेर राख्ने गरेका कारणले सडक जाम हुनुका साथै पटक पटक ट्राफिक जाम हुने गरेका छन् । अहिले जनकपुरधामको समग्र ट्राफिक व्यवस्थापनमा उपमहानगरपालिका लागि परेको छ ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button