तपाईँ सुन्दै हुनुहुन्छः

महिला साफ च्याम्पियनसिपका लागि ८ समितिका संयोजक चयन

काठमाडौँ । अर्को महिना नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थप ८ समितिको संयोजक मङ्गलवार तोकिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का संयोजक रहेको मुल आयोजक समितिले विभिन्न उप समिति गठन गरेको हो ।

भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रङ्गशालामा हुने च्याम्पियनसिपको टिकट विक्रीका लागि एन्फाले कम्तीमा २५ लाख रुपैयाँको टेण्डर आव्हान गरेको छ ।

भारतलाई फिफाले निलम्बन गरेपछि अब ६ टोलीबिच प्रतिस्पर्धा हुनेछ । नेपाल समूह बीमा भुटान र श्रीलङ्कासँग रहेको छ । समूह ए मा बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स छन् । समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button