काँग्रेस केन्द्रीय सदस्यमा १० जना थपिए

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई पार्टी केन्द्रिय सदस्यमा मनोनयन गर्नु भएको छ ।
नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम किरण यादव (महोत्तरी), राधा घले (काठमाडौँ), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौँ), गोमा भट्टराई (झापा), गङ्गा शाही (रुपन्देही) लक्ष्मी खतिवडा (सुनसरी), र सीता देवकोटा (नवलपुर) लाई पार्टी केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको विज्ञप्तिमार्फत जनाइएको छ ।









प्रतिक्रिया राख्नुहोस्