झापाको गौरीगञ्जबाट ३१ बोरा अवैध चिनी बरामद
झापा । झापाको गौरीगञ्जबाट प्रहरीले ३१ बोरा अवैध चिनी बरामद गरेको छ ।
गौरीगञ्जको वडा नं. ५ स्थित फत्तेपुर जनता टोलको एक घरको ग्वालीमा लुकाइराखेको चिनी आज गौरीगञ्ज प्रहरीले बरामद गरेको हो ।

कसको घरमा चिनी बरामद गरिएको भन्नेबारे गौरीगञ्ज प्रहरीले सार्वजनिक गरेको छैन । चिनी भारतीय बजारबाट भन्सार छलेर भित्र्याइएको प्रहरीको भनाइ छ ।
बरामद गरिएको चिनी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्