‘लोकतान्त्रिक शक्तिहरू आगामी चुनावमा एक हुनुपर्छ’
जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूले धनुषा क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिने बताउनुभएको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको अयोध्या, बनारस सहितको धार्मिक तीर्थ यात्रामा जान लागेका १ सय २ जना धार्मिक यात्रीलाई जानकी मन्दिरको प्राङ्गणबाट बिदाइ गर्दै नेता निधिले आगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरू एकजुट भई मिलेर देशको हितमा जानुको विकल्प नरहेको बताउनुभयो ।
उहाँले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि पाँच दलीय गठबन्धनमा सहभागी गराई सरकारमा समावेश गर्नुपर्ने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिका २ का वडाध्यक्ष शिवकुमार साह आफ्ना वडाका १ सय ३५ जना ज्येष्ठ नागरिकहरूलाई लिएर भारतको अयोध्या, बनारस सहितका तीर्थयात्रामा लाग्नुभएको छ । यसमा आफूले निजी लगानी गर्ने र एक हप्तासम्म भारतका विभिन्न धार्मिक स्थानमा दर्शन अवलोकन गर्ने वडाध्यक्ष साहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्