बारा र पर्साका रेडियो कार्यक्रम प्रस्तोता सम्मानित
बारा । नेपाल हिन्द रेडियो एकाइ श्रोता सङ्घले बारा र पर्साका रेडियोमा कार्यरत कार्यक्रम प्रस्तोताहरूलाई सम्मान गरेको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नं.३२ मा आयोजना गरिएको नेपाल हिन्द रेडियो एकाइ श्रोता सङ्घको प्रथम साधारण सभामा श्रोताहरूको मन जितिरहेका कार्यक्रम प्रस्तोताहरूलाई सम्मान गरिएको अध्यक्ष विनोद पञ्जियारले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि डा.पन्नालाल पटेलले कार्यक्रम प्रस्तोताहरूलाई सम्मान गरी प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा बारा र पर्सा जिल्लाका कार्यक्रम प्रस्तोता र रेडियो श्रोता संघका सदस्यहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया राख्नुहोस्