त्रिशूली ट्रक दुर्घटना: चालक र सह–चालक सकुशल
चितवन । पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित नाग्दी खोला भन्ने स्थानमा आज बिहान त्रिशूली नदीमा ट्रक खसेको छ ।
मुग्लिनबाट धादिङतर्फ गइरहेको ट्रक त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको ट्रकका मालिक, चालक र सह–चालकसँग सम्पर्क आइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूलीमा खसेको ट्रक हालसम्म भेट्न नसकिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्