अरिङ्गालको टोकाइबाट युवकको मृत्यु
तनहुँ । अरिङ्गालको गोलो पोल्ने क्रममा अरिङ्गालको टोकाइबाट तनहुँमा एक युवकको मृत्यु भएको छ ।
शुक्रबार साँझ अरिङ्गालको गोला पोल्न जाने क्रममा म्याग्दे गाउँपालिका–५ छाङ पाटनका ३१ वर्षीय टोप बहादुर कुमाललाई अरिङ्गालले टोकेको थियो ।
कुमालको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्